देउवाकै हस्ताक्षरमा चुनाव लड्ने होइन,अब विशेष महाधिवेशन हुन्छ: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अब विशेष महाधिवेशनको विकल्प नरहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा सोमबार थापाले नयाँ नीति र नेतृत्वसहित नयाँ सभापतिको हस्ताक्षरमा पार्टी चुनावमा जाने दाबी गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन,‘अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ,’।

विशेष महाधिवेशनको विकल्प नरहेको बताउँदै उनले अलमलमा नपर्न आग्रहसमेत गरेका छन् । उनले भनेका छन्, ‘यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको। अब विशेष महाधिवेशनको विकल्प छैन। कुरा स्पष्ट छ, अलमलमा नपरौं।’

प्रकाशित मिति : मंसिर ८, २०८२ सोमबार  ३ : १९ बजे