एनपीएल : अवैध सट्टेबाजीमा दुई करोड माथि कारोबार, १० जना पक्राउ



काठमाडौ । नेपाल प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा अवैध अनलाइन सट्टेबाजीमा दुई करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको पाइएको बताएको छ ।

काठमाडौं प्रहरी परिसरले सोमवार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो ।

सट्टेबाजीमा संलग्न १० जनालाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले ।एनपीएल चलिरहेको बेला राजधानीमा सक्रिय अनलाइन बेटिङ समूहहरूविरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष अभियान सञ्चालन गर्दै १० जनालाई पक्राउ जानकारी दिए।

प्रकाशित मिति : मंसिर ८, २०८२ सोमबार  ८ : १४ बजे