काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा हुने तय भएको छ ।
बुधबार बिहान बसेको महाधिवेशन आयोजक समितिको बैठकले काठमाडौंको भृकुटीमण्डपमा स्थान साघुँरो हुने भएकाले उद्घाटन सत्र भक्तपुरस्थित सल्लाघारीको चौरमा गर्ने निर्णय गरेको हो ।
मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा गर्ने निर्णय भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।









