महेश बस्नेत धनगढी पुग्दा जेन-जीहरुको विरोध प्रदर्शन



काठमाडौं । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेत कैलाली पुग्ने भएसँगै उनको विरोधमा धनगढीमा प्रदर्शन गरिएको छ।

जेनजी युवाहरूले बुधबार बिहान धनगढी बजारमा प्लाकार्ड लिएर विरोध प्रदर्शन गरेका हुन् ।

नेता बस्नेतले आफ्नो फेशबुकमार्फत ‘राष्ट्रिय युवा संघको सुदूरपश्चिम प्रदेशको जागरण सभामा सहभागी हुने’ जानकारी गराएका हुन् ।

उनीहरुले प्ले कार्डसहित विरोध गरेका छन् । यसअघि महेश बस्नेत बारा जान लाग्दापनि सिमरामा जेनजीहरुले प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : मंसिर १०, २०८२ बुधबार  १ : ३३ बजे