दल दर्ताको समय मंसिर १४ गतेसम्म थपियो



काठमाडौं । निर्वाचन आयोगले दल दर्ताको समय थप गरेको छ ।

मंसिर १० आज सम्मका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको लागि दल दर्ताको समय यही मंसिर १४ गतेसम्मका लागि थप गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको निणर्य अनुसार अब दल दर्ताको समयावधि चार दिन थपिएको छ ।

आजसम्म निर्वाचन आयोगमा कायम रहेका दलहरू १३७ पुगेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारि दिएका छन् ।

प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुने भनिएको छ ।

प्रकाशित मिति : मंसिर १०, २०८२ बुधबार  ७ : ०७ बजे