सुन तस्करी प्रकरण : कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश



काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको छ।

भेपमार्फत सुन तस्करी गरेको प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका महराको हकमा बिहीबार न्यायाधीशहरू अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भेपमार्फत सुन तस्करी प्रकरणमा सुरूमा मुद्दा चलाएको थिएन।तर पछिल्लो समय जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।

जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

प्रकाशित मिति : मंसिर ११, २०८२ बिहीबार  ४ : १४ बजे