काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरुलाई छलफलमा बोलाएका छन् ।
पार्टीभित्र देखिएको समस्या समाधानका लागि देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतलाई छलफलमा बोलाएका हुन् ।
कांग्रेसमा फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि पछि, नियमित गर्ने कि विशेष भन्नेमा विवाद छ।
पुसभित्रै नियमित महाधिवेशन हुन नसकेको खण्डमा विशेष महाधिवेशनको विकल्प नरहेको महामन्त्री थापा र शर्माले अडान राखेका छन् भने सभापति देउवा पक्षका कतिपय पदाधिकारी र पूर्वपदाधिकारी वैशाखमा मात्रै महाधिवेशनका पक्षमा छन्।









