काठमाडौं । एघारौं महाधिवेशनका लागि नेकपा एमालेले आज देशैभरी प्रतिनिधि छनोट गर्दैछ ।
एमाले केन्द्रीय कार्यालयका अनुसार ११ मंसिरमा सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ ।
केही निर्वाचन क्षेत्रमा भने सहमति जुटेको छ । सहमति नजुटेका क्षेत्रहरूमा आज बिहान ८ बजेदेखि निर्वाचन हुँदै छ । निर्वाचनको समयमा अधिकांश क्षेत्रमा दिउँसो २ बजेसम्म निर्वाचन हुनेछ । विभिन्न जिल्लाहरूले अनुकुलता अनुसार मतदानको समय तय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
उनका अनुसार संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवासहित करिब दुई हजार प्रतिनिधि छनोट हुँदै छन् ।









