घनश्याम भुसालले ओलीलाई भने : निर्वाचन बिथोल्नेतिर नलाग्नुहोस्



काठमाडौं । नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कसैले पनि निर्वाचनलाई बिथोल्ने काम गर्न नहुने बताएका छन् ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा कसैले पनि बाधा अवरोध सृजना गर्न नहुने बताएका हुन् ।

कार्यबाहक अध्यक्ष भुसालले एमाले अध्यक्ष केपी ओलीलाई पनि निर्वाचन बिथोल्न काम गर्न आग्रह गरे।

ओलीका कारण मुलुकले अपूरणीय क्षति व्यहोरेको जिकिर गर्दै निर्वाचन बिथोल्न काम गर्न नहुने उल्लेख गरे ।

उनले काँग्रेसलाई चुनावको बारेमा दुविधा नपाल्न अनुरोध गरे ।

प्रकाशित मिति : मंसिर १५, २०८२ सोमबार  ५ : ४५ बजे