एनपीएल: चितवनले टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

मंगलबार टीयू क्रिकेट मैदानमा जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

साविक विजेता जनकपुर हालसम्म जितविहीन रहँदै अङ्क तालिकाको सबैभन्दा तल चार खेल खेलेको चितवन भने २ जितसहित चौंथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : मंसिर १६, २०८२ मंगलबार  ११ : ५५ बजे