दिदी बहिनी नहुनेहरु काठमाडौंको रानीपोखरीमा पुगेर टीका लगाउँदै



काठमाडौं– दाजुभाइ दिदी बहिनी नहुनेहरुले आज काठमाडौंको रानीपोखरीमा पुगेर टीका लगाउँदैछन्।

यसअघिका वर्षहरुमा झैं यसपटक पनि यहाँ टीका थाप्ने व्यवस्था मिलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

२०७२ सालको भूकम्पमा रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर भत्केको थियो तर अझै पनि सो मन्दिर बनिसकेको छैन।

पुनर्निर्माण सम्पन्न नभइसकेकाले यस वर्ष पनि त्यहाँ टीका थाप्न पुग्नेहरुले मन्दिरको मूर्ति बाहिरै बसेर टीका लगाउनुपर्नेछ।

मन्दिरको पश्चिम ढोका बाहिर मूर्ति राखेर पूजाआजा गर्ने र भाइटीका लगाउने व्यवस्था मिलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
मन्दिर परिसरमा साँझ ७ बजेसम्म टीका लगाइनेछ।

प्रकाशित मिति : कार्तिक १२, २०७६ मंगलबार  ८ : २५ बजे