मधेस प्रदेशको मुख्यमन्त्री सम्बन्धि सर्वोच्चको फैसला संविधान विपरित : ओली



काठमाडौं । नेकपा ९एमाले० का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले २४ घण्टा भित्र विश्वासको मत लिनुपर्ने सर्वोच्च अदालतको आदेश संविधान विपरित ढंगले आएको जिकिर गर्दै ओलीले आपत्ति जनाएका हुन् ।

मंगलवार पार्टीको वन तथा वातावरण विभागले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो फैसला संविधान र कानून हेरेर नभई व्यक्ति/समूहको अनुहार हेरेर आएकाले आफू आश्चर्यचकित भएको टिप्पणी गरे ।

प्रकाशित मिति : मंसिर १६, २०८२ मंगलबार  ७ : ३७ बजे