काठमाडौं । प्रहरीले गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ।
बुधबार उनलाई प्रहरीले ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो।
बैकिंङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा उनलाई पक्राउ गरिएको जनाईएको छ ।
प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित उनले समेत राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानुन विपरीत कार्य गरी प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको आरोपमा पक्राउ गरिएको सीआईबीले जनाएको छ ।














