काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन् ।
ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
राष्ट्रपति पौडेलले नागरिको मुहारमा खुशी ल्याउन सेवा प्रवाहमा चुस्तता र सुशासन महत्वपूर्ण पक्ष रहेको जिकिर गरे ।
पौडेलले नयाँ पुस्ताको चाहना बुझेर राजनीतिक नेतृत्वले आफूलाई सोहीअनुसार रुपान्तरण गर्दै लैजान जरुरी रहेको बताए ।














