प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।

आइतबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा कार्की र भण्डारीबीच भेट भएको हो।

पूर्वराष्ट्रपति भण्डारी जेनजी आन्दोलनमा भएको आगजनी र यसले क्षति पुर्‍याएको संरचना अवलोकनका लागि सिंहदरबार पुगेको बताइएको छ ।

प्रकाशित मिति : मंसिर २१, २०८२ आईतबार  ३ : २२ बजे