ज्ञानेन्द्र मल्ल बने नेपाली राष्ट्रीय क्रिकेट टिमको नयाँ कप्तान



काठ्माण्डौ-

क्रीकेटर ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रीय क्रिकेट टिमको नयाँ कप्तान बनेका छन ।

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिए सगै उनि नेपाली राष्ट्रीय क्रिकेट टिमको नयाँ कप्तान बनेका हुन ।

दश वर्षदेखि टोलीको कप्तानी गर्दै आएका पारस खड्काले राजीनामा दिएपछि ज्ञानेन्द्रलाई क्यानले नयाँ कप्तान नियुक्त गरेको हो।

पारस करिब एक दशकयता नेपाली सिनियर राष्ट्रिय टोलीको नियमित कप्तान रहँदै आएका थिए।

नयाँअ कप्तानको जिम्मेवारी पाएका ज्ञानेन्द्र नेपाली टोलीका प्रतिभावान ब्याट्सम्यान मानिन्छन्।

पूर्व कप्तान पारसले राजिनामा दिदा ज्ञानेन्द्रलाई नै नयाँ कप्तान बनाउनुपर्ने धारणा सार्बजनिक गरेका थिए ।

अब आगामी मंसिर १५ देखि नेपालमा हुने तय भएको १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत ज्ञानेन्द्र मल्लले नेपाली राष्ट्रीय क्रिकेट टिमको कप्तानी सम्हाल्नेछन ।

प्रकाशित मिति : कार्तिक १३, २०७६ बुधबार  १० : २१ बजे