काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एक व्यक्ति दुईपटक मात्रै अध्यक्ष बन्न पाउने व्यवस्था कानुनमै गर्नुपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एघारौं महाधिवेशनबारे आयोजित अन्तर संवादमा बोल्ने क्रममा उपाध्यक्ष पाण्डेले यस्तो बताएका हून् ।
पाण्डेले भने,”एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष बन्न नपाउने व्यवस्था कानुनमा गर्नुपर्छ,”। “नयाँ पार्टीमा पनि त्यही समस्या छ ।”
साथै, उपाध्यक्ष पाण्डेले पार्टी व्यक्तिवादीमा रूपान्तरण भएको बताएका थिए। ‘एमाले व्यक्तिवादी पार्टीमा रूपान्तर गर्ने कुरा हुँदैछ, यसले पार्टीलाई क्षति गर्दैछ। यसलाई बदल्नुपर्छ। नबदलिए नयाँ पुस्ता पार्टीमा आउँदैन,’ उनले भने।
उनले कानुनमा नै पार्टीमा दुई कार्यकालभन्दा बढी अध्यक्ष नहुने व्यवस्था गर्नुपर्ने बताएका छन्।









