प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ



काठमाडौं । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले आफ्ना माग पूरा नभए जनविद्रोह हुने चेतावनी दिएका छन् ।

सोमवार साँझ सिंहदरबारमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उनले आफूहरुले राखेका माग पूरा नभए जनविद्रोह हुने र त्यो कसैले नसोचेको हुने चेतावनी दिएका हुन् ।

उनले प्रधानमन्त्रीसँग आफ्ना मागहरु स्पष्ट रुपमा राखेको बताउदै आफ्ना माग नागरिकको जनजीविकासँग सम्बन्धित रहेको दाबि गरे।

आफूहरुका मागबारे अध्ययन गरेर पुस २ गते निर्णय दिने प्रधानमन्त्री कार्कीले बताएको पनि प्रसाईंले जानकारी दिए।

प्रकाशित मिति : मंसिर २२, २०८२ सोमबार  ७ : २१ बजे