काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ।
राजा, राजनीतिक दल र जेनजीकाबीच नवीन समझदारीका लागि दबाव दिने उद्देश्यका साथ राप्रपाले मंगलबार काठमाडौंको रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरुले राजसंस्था, हिन्दु राष्ट्रको पक्षमा नारा लगाएका थिए।
राप्रपाले आम निर्वाचन अगावै कसैले नजित्ने, कसैले नहार्ने देशले जित्ने नवीन समझदारी हुनुपर्नेमा जोड दिँदै आएको छ।

















