राप्रपाकी मधेस सांसद विच्छालाई पदबाट नहटाउन सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेश सभा सांसद कंचन विच्छालाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले मंगलबार विच्छालाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो।

मधेस प्रदेशसभामा राप्रपाको निर्देशन विपरीत एमालेका सरोज यादव नेतृत्वको पूर्ववर्ती सरकारमा सहभागी भएको भन्दै विच्छालाई प्रदेशसभा सदस्यबाट हटाइएको थियो।

सर्वोच्च अदालतले उनले पद त्याग नगरेको अनि उनलाई गरिएको अनुशासनको कारबाही कानुन अनुकूल रहेरनरहेको भन्नेबारे पछि परीक्षण हुने भन्दै अहिलेलाई पदमुक्त गर्न नमिल्ने आदेश गरेको हो ।

प्रकाशित मिति : मंसिर २३, २०८२ मंगलबार  ४ : २२ बजे