एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग ‘एनपिएल’ अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।

काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ ।लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो ।

आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ ।विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससंग पराजित भएको थियो ।

सुदूरपश्चिम भने पहिलो क्वालीफायरमा विजयी हुँदै फाइनलमा पुगिसकेको छ ।

प्रकाशित मिति : मंसिर २४, २०८२ बुधबार  ८ : १८ बजे