काठमाडौँ गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको क्वालिफायरमा



काठमाडौँ । काठमाडौँ गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएल टी-२० क्रिकेटको क्वालिफायरमा पुगेको छ । बुधबार भएको इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनी फाइनल प्रवेशका लागि क्वालिफायरमा पुगेको हो ।

लुम्बिनीले १७ ओभर ४ बलमै ६ विकेटको क्षतिमा पूरा गर्यो । अष्ट्रेलियन खेलाडी डार्चि शर्टले ३३, सन्दीप जोराले २३ तथा कप्तान रोहित पौडेलले १८ रन बनाए ।

टस जितेर काठमाडौँले पहिले ब्याटिङ गर्दै १९ ओभर १ बलमा सबै विकेट गुमाएर १११ मात्ररन बनायो । सन्तोष यादवले २३ रन बनाए । मोहम्मद अदिल आलम र जोन सिम्पसनले समान १८ रन बनाए भने भीम शार्कीले १४ रन बनाए । शेर मल्ल र रोहित पौडेलले समान ३ विकेट लिए । त्यस्तै रुबेन ट्रम्पेल्मानले २ विकेट लिए ।

विजेता लुम्बिनीले फाइनल प्रवेशका लागि बिहीबार दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ । विराटनगर किंग्स सुदूरपश्चिम रोयल्ससँग पहिलो क्वालिफायरमा ७७ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : मंसिर २४, २०८२ बुधबार  ७ : ४८ बजे