जाँचबुझ आयोगले चन्द्रकुवेर खापुङ र गोकर्णमणी दुवाडीसँग आज बयान लिँदै



काठमाडौं। जेन-जी आन्दोलनको घटना सम्बन्धी जाँचबुझ आयोगले पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्वगृहसचिव गोकर्णमणी दुवाडीसँग आज बयान लिँदैछ ।

बयान लागि बोलाएका दुबै जनालाई आयोगले विदेश जान र काठमाडौं उपत्यकाबाट बाहिर जान प्रतिबन्ध लगाएको छ।

हाल अवकाश प्राप्त खापुङ जेन-जी आन्दोलनका क्रममा प्रहरी महानिरीक्षक थिए ।जेन-जी आन्दोलनको समयमा दुवाडी गृहसचिव रहेका थिए ।

दुवाडीलाई पनि जाँचबुझ आयोगले विदेश जान र काठमाडौंबाहिर जान प्रतिबन्ध लगाएसिन उनी यसबिचमा आयोगसँग अनुमति लिएर उपत्यकाबाहिर गएका छन्। दुवाडी र खापुङको बयान लिएपछि आयोगले वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाउने तयारी रहेको बुझिएको छ ।

प्रकाशित मिति : मंसिर २५, २०८२ बिहीबार  १२ : ०० बजे