रवि र छविको मुद्दा हेर्न नमिल्नेमा



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीको सहकारी ठगीसम्बन्धी मुद्दा आज पनि ‘हेर्न नमिल्नेमा’ परेको छ ।

न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको मुद्दा हेर्न नमिल्नेमा परेको हो ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको पेसी कात्तिक १३ गते पछि निरन्तर सरिरहेको छ ।

रवि र छवि बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा छन् ।

प्रकाशित मिति : मंसिर २५, २०८२ बिहीबार  १२ : ४३ बजे