काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सभापति शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ।
कांग्रेस जिल्ला कार्यसमितिको आज (बिहीबार) बसेको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सभापति देउवाको एकल नाम सिफारिस गरेको हो ।
जिल्ला सभापति भीमबहादुर साउँदले प्रदेश समितिलाई देउवाको नाम सिफारिस गरिएको जानकारी दिए । डडेल्धुरा कांग्रेसका नेताहरूसँग यसअघि नै देउवाले अन्तिमपटक प्रतिनिधिसभा निर्वाचन लड्ने बताइसकेका थिए ।
देउवा डडेल्धुराबाट आठौँपटक संघीय निर्वाचन लड्ने तयारीमा रहेका हुन् ।सभापति देउवा २०४८ सालदेखि डडेल्धुराबाट लगातार निर्वाचन जित्दै आएका छन्।









