एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा



काठमाडौं। आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ।

बैठक शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको हो।

बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्तावलगाय विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

एमालेको ११औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदै छ।

प्रकाशित मिति : मंसिर २६, २०८२ शुक्रबार  ८ : १३ बजे