नवनियुक्त चार मन्त्रीले लिए शपथ



काठमाडौं। नवनियुक्त मन्त्रीहरुले पद तथा गोपयिनताको शपथ लिएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले आजमात्रै चार जना मन्त्रीहरु नियुक्त गरेकी थिईन् ।

नयाँ मन्त्रीहरुमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् ।

राष्ट्रपति कार्यालयकाअनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रेष्ठलाई महिला,बालबालिका तथा ज्येष्ठ नागरिक, चौलागाईंलाई वन तथा वातावरण, भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : मंसिर २६, २०८२ शुक्रबार  ३ : ५० बजे