काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ ।
अब यस दिन दिउँसो ३ बजेदेखि बन्दसत्र सुरु हुने तय गरिएको पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ ।









