काठमाडौँ । नेपाली कांग्रेसले आज (सोमबार) केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।
बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्न लागेको हो।









