काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको प्रमुख कार्यभार नै निर्वाचन भएकोले निर्वाचनबाट भाग्ने र चुनाव हुँदैन भनेर अफवाह फैलाउनु न्यायोचित नभएको बताएका छन् ।
कास्कीको पोखरामा सोमबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्बोधन गर्दै उनले सरकार २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न दृढ भएर लागेको बताएका हुन् ।
गृहमन्त्री अर्यालले भने, ‘निर्वाचनबाट भाग्ने, निर्वाचन हुँदैन भनेर भ्रम फैलाउने र सुशासनलाई कमजोर बनाउने काम कतैबाट पनि गर्नु न्यायोचित हुने छैन, गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै’यो सरकार निर्माण नै निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्य अनुरूप बनेको हो’ ।
अर्यालले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न दृढ भएर लागेको बताएका छन् ।














