पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा कांग्रेसले तीन दिन पार्टी कार्यालयमा आधा भण्डा झुकाउने



काठमाडौं । नेपाली काँग्रेसले पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रश्ताव पारित गरेको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको आकस्मिक केन्द्रिय कार्यसमितिको बैठकले पूर्वमन्त्री उपाध्यायको निधनमा शोक प्रश्ताव पारित गरेको हो ।

उपाध्यायको निधनमा कांग्रेसले तीन दिन (मंसिर २९, पुस १ र २ गते) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने भएको छ।

नेपालको लोकतान्त्रिक आन्दोलनको योद्धा उपाध्यायको ९१ वर्षको उमेरमा क्यान्सरका कारण गत शनिवार निधन भएको थियो ।

प्रकाशित मिति : मंसिर २९, २०८२ सोमबार  १ : ३३ बजे