योजना आयोगको उपाध्यक्षमा डा. श्रेष्ठ नियुक्त,यि हुन् क्याबिनेटका अरु निर्णय



काठमाडौ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेको छ ।

सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।

उनकाअनुसार आयोगको सदस्यमा प्रा.डा.सुनीति श्रेष्ठ नियुक्त भएकि छन् । प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजको आधिकारिताका लागि आइटिकटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय गरेको छ ।

मन्त्री खरेलका अनुसार सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारतीय रुपैयाँ दुई सय तथा भारतीय रुपैयाँ पाँच सय दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजानसक्ने व्यवस्था गरेको छ ।

तेस्तै विभिन्न राजनीतिक दल र सरोकारवालाहरुसँग वार्ता गर्नको लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको पनि मन्त्री खरेलले जानकारी गराए।

प्रकाशित मिति : मंसिर २९, २०८२ सोमबार  ६ : ३१ बजे