राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनीलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रपति पौडेलको सचिवालयले थापाले राजीनामा दिएको पुष्टि गरेको छ ।

थापा वि.सं. २०७८ सालमा भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

प्रकाशित मिति : पुस १, २०८२ मंगलबार  १२ : ५३ बजे