पासाङ शेर्पाको उम्मेदवारी खारेज



काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ।

उनीविरुद्ध बहुविवाहको मुद्दामा दोषी ठहर भएको उजुरी परेपछि उम्मेदवारी खारेज भएको हो।

उनले आदिवासी–जनजाति खुलातर्फ उमेदवारी दर्ता गराएका थिए ।

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ।

प्रकाशित मिति : पुस १, २०८२ मंगलबार  ३ : ५९ बजे