काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। हालसम्म एक हजार १३९ मत गणना हुँदा अधिकांश पदमा अग्रस्थानमा रहेकाहरूको तस्वीर स्पष्ट हुँदै गएको छ।
अध्यक्ष पदतर्फ केपी शर्मा ओलीले ८४३ मत प्राप्त गर्दै स्पष्ट अग्रता बनाएका छन्। उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मत पाएका छन्।
उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ अगाडि
उपाध्यक्ष पदमा पृथ्वी सुब्बा गुरुङ ९०० मतसहित अग्रस्थानमा छन्। उनलाई विष्णुप्रसाद पौडेल (८४६) र रामबहादुर थापा ‘बादल’ (७७४) ले पछ्याइरहेका छन्।
अन्य उम्मेदवारमध्ये गोकर्णराज विष्टले ७१३, रघुजी पन्तले ६१७, गुरुप्रसाद बरालले ५८५, विन्दा पाण्डेले ४७४, पर्शुराम मेघी गुरुङले ३३४, अरुण नेपालले २२३, टंकप्रसाद कार्कीले १८६ र भीमप्रसाद आचार्यले १४३ मत प्राप्त गरेका छन्।
महासचिवमा शंकर पोखरेल अघि
महासचिव पदमा शंकर पोखरेलले ६१३ मत ल्याउँदै अग्रता कायम गरेका छन् भने सुरेन्द्रप्रसाद पाण्डेले ५२६ मत पाएका छन्।
उपमहासचिवमा लेखराज भट्ट अग्रस्थानमा
उपमहासचिव पदतर्फ लेखराज भट्ट ७३४ मतसहित अगाडि छन्। योगेश भट्टराईले ७०९, रघुवीर महासेठले ६८९, विष्णुप्रसाद रिमालले ५४०, आनन्दप्रसाद पोख्रेलले ३३४, वैजनाथ चौधरीले २७१ र राजेन्द्रप्रसाद गौतमले १४० मत प्राप्त गरेका छन्।
सचिव पदमा बस्नेत, अर्याल र विश्वकर्मा अगाडि
सचिव पदतर्फ महेश बस्नेत ७८३ मतसहित अग्रस्थानमा छन्। पद्माकुमारी अर्यालले ७७८, छविलाल विश्वकर्माले ७६९, शेरधन राईले ७६७, खगराज अधिकारीले ६८०, हिक्मतकुमार कार्कीले ६७२ र यमलाल कँडेलले ६२६ मत पाएका छन्।
त्यसपछि राजन भट्टराई (५८१), भानुभक्त ढकाल (५५२), गोकुलप्रसाद बास्कोटा (५२८), ठाकुरप्रसाद गैरे (४६२), रचना खड्का (४५९), कर्णबहादुर थापा (४४४), लालबाबु पण्डित (३९९), अग्निप्रसाद खरेल (३७७), विनोदप्रसाद ढकाल (३५५), कृष्णगोपाल श्रेष्ठ (३२५), पेम्बा लामा (२५५), पुर्सोत्तम पौडेल (२३०) र इन्द्रलाल सापकोटा (२०९) रहेका छन्।









