काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा लैजान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुर्याइएको छ ।
उच्च अदालत तुलसिपुर, बुटवल इजलासले रिहा गर्न आदेश दिएसँगै कानुनी प्रक्रिया पुरा गर्न उनलाई भैरहवा लैजान लागिएको हो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमार्फत भैरहवा हुँदै उनी आज छुट पुर्जी लिन रुपन्देही जान लागेका हुन्।
रुपन्देही जिल्ला अदालतमा उनले कानुनी प्रक्रिया पूरा गर्नुपर्नेछ। सबै प्रक्रिया पूरा गरिसकेपछि रवि आज थुनामुक्त हुने उनी निकट स्रोतले जानकारी दिएको छ।









