काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् ।
आज (शुक्रबार) मोरङको सुन्दरहरैंचा नगरपालिका वार्ड नं–४ का स्थानीय नेताहरुसँग भेटघाट गर्दै कोइरालाले बोल्दै उनले प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको बताएका हुन् ।
कोइरालाले भने, ‘संविधान बचाउने र मुलुकलाई सक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो’। ‘हामी त निर्वाचनको मिति कुरेर बसेका छौं तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ ।’














