एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेहरुको जस्तो नक्कली पार्टी होइनः ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् ।

शुक्रवार ११ औ महाधिवेशनबाट निर्वाचित पार्टी केन्द्रिय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक, साच्चो कम्युनिष्ट पार्टी भएको जिकिर गर्दै त्यसका हरेक सदस्यहरुले कडा अनशासनमा रहेर काम गर्न निर्देशन दिए ।

उनले पार्टीको सामुहिक प्रयासबाट निकालिएका नीति विपरित नचल्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

प्रकाशित मिति : पुस ४, २०८२ शुक्रबार  ७ : २५ बजे