काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको ११ औँ महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण नबनेको आरोप लगाएका छन् ।
ईश्वर पोखरेलको समूहले आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले प्रतिनिधि छनौट, बन्दसत्रदेखि निर्वाचनसम्म नै पार्टीका संचरचनाहरुको दुरुपयोग गर्ने काम भएको दाबि गरे।









