मधेस प्रदेशको सभामुखका लागि दुई जनाको उम्मेदवारी दर्ता



काठमाडौं । मधेस प्रदेश सभामा रिक्त रहेको सभामुख पदको लागि दुई जना प्रदेश सभा सदस्यहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म निर्धारित गरिएको मनोनयन दर्ताको समयमा सत्तारुढ ७ दलिय गठबन्धनको तर्फबाट जसपा नेपालका रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

मधेस प्रदेशमा सात राजनीतिक दलबीच भएको सहमति अनुसार जसपाका यादवलाई सभामुखको लागि अगाडि बढाइएको हो ।

यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वीरेन्द्र कुमार सिंह प्रस्तावक तथा नेकपा माओवादी केन्द्रका फकिरा महतो समर्थक का रूपमा रहेका छन् ।

तेस्तै एमालेका त्रिलोकी प्रसादले पनि सभामुख पदमा उम्मेदवारी दर्ता गराएको प्रदेशसभा सभिवालयका प्रवक्ता विपिन ठाकुरले जानकारी दिए ।

प्रकाशित मिति : पुस ५, २०८२ शनिबार  ४ : ३३ बजे