मधेस प्रदेशका नवनिर्वाचित सभामुख यादवले लिए शपथ



काठमाडौं । मधेस प्रदेस सभाका नवनिर्वाचित सभामुख रामअशिष यादवले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

उनलाई मधेसका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शपथ ग्रहण गराएका हुन् ।

प्रदेश सभाबाट आजै सभामुखमा निर्वाचित भएका सभामुख यादवले शपथ ग्रहण गरेका हुन् ।

यसअघि आजै बसेको प्रदेश सभामा मत विभाजन प्रक्रियामार्फत सभामुखमा निर्वाचित भएका थिए ।

उनको विपक्षमा एमालेका त्रिलोकी प्रसादले समेत सभामुख पदमा उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : पुस ६, २०८२ आईतबार  ८ : २२ बजे