काठ्माण्डौ-
पूर्वयुवराज्ञी हिमानी शाहले छठी माताको पूजा अर्चना गरेकी छन्।
पूर्वयुवराज्ञी शाहले काठमाडौंको नागपोखरीमा पुगेर शनिबार अपरान्ह नागपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ छठी माताको पूजा अर्चना गरेकी हुन्।
कमलपोखरि,नागपोखरी, लगायत काठ्माण्डौका बिभिन्न ठाउहरुमा छठी माताको पुजा आजा गर्ने गरिन्छ
नागपोखरीमा छठी माईको पूजाका लागि विभिन्न धार्मिक संघ, संस्थाहरूको पनि सहभागिता हुने गर्दछ।
विशेषगरी तराईमा मात्रै मनाउने गरिएको छठ पर्वलाई काठमाडौंको उपत्यका र पहाडहरूमा पनि मनाउने कामको विधिवत सुरूआत २०५८ सालबाट भएको बताइन्छ