जेन्जिले पनि दुःख दिईरहेका छन्,निकै सकसका साथ काम गर्दैछौँ : प्रधानमन्त्री कार्की



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफूहरु कहीँ जाँदा पनि सुख नहुने दिक्दारी अवस्थामा रहेको बताएकि छन् । बाह्रखरी मिडियाद्वारा बिहीवार काठमाडौंमा आयोजित उत्कृष्ट कथा घोषणा समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकि हुन् ।

उनले अन्तरिम सरकार अचानो जस्तो बनेको टिप्पणी गरिन् । राजनीतिक दल र जेन—जीका समूहहरुले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्ने गरेको बताइन् ।

कार्कीले सबैतिरबाट गाली आएको भन्दै दिग्दारी व्यक्त गर्दै आफूहरु अहिले धैर्यधारण गरेर सबैकुरा सहेर बसेको उल्लेख गरिन् ।

उनले निर्वाचन सम्पन्न गर्न सरकार सकसका साथ काम गरिरहेको भन्दै उहाँले केही युवाहरुले निर्वाचन किन गर्ने ? भनेर प्रश्न गर्ने गरेको उल्लेख गर्दै वैधानिकता र कानूनको कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको बताइन् । प्रधानमन्त्री कार्कीले जेन्नी युवा पुस्ताहरुले पनि दुःख दिने गरेको गुनासो सुनाइन् ।

प्रकाशित मिति : पुस १०, २०८२ बिहीबार  ४ : ४८ बजे