काठमाडौं । ऊर्जा मन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले नेपाली जनताले वैकल्पिक शक्ति एक होस् भन्ने चाहेको बताएका छन्।
पोखरामा आज आयोजित आफ्नो संरक्षमा रहेको पार्टी उज्यालो नेपाल पार्टीको कास्की भेलालाइए सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘हामी एक भएर जान्छौं, तर नभए कार्यगत एकता गर्ने अवस्थामा हाम्रो पार्टी छ । सबै नयाँ र मेनस्ट्रिम फोर्सहरु एक भएर जानका लागि म यही मञ्चबाट आह्वान गर्दछु । तर, हामी आफ्नो आत्सम्मान र स्वाभिमान कायम राखेर सबैसँग सहकार्य गर्ने पक्षमा छौं ।’
आफ्नो सम्बोधनका क्रममा घिसिङले वैकल्पिक शक्तिहरूबिचको सहकार्यले मात्रै मुलुकलाई नयाँ दिशा दिन सक्ने दाबी गरे।









