काठमाडौं । स्थानिय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा २९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन दुई लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज दुई लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भैईरहेको छ ।
यस्तै, चाँदी तोलामा ११० रुपैयाँले बढेको छ । अघिल्लो दिन चार हजार ४१५ प्रतितोला रहेको चाँदीको मूल्य चार हजार ५२५ पुगेको महासंघले जनाएको छ ।














