क्रिकेट सफलता : एमसीसीमाथि नेपालको शानदार जित



काठमाडौं-

मेरिलेबोन क्रिकेट टिम  (एमसीसी) विरुद्ध नेपालि टिमले शानदार जीत निकालेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले सहज जित हात पारेको हो । नेपालले एमसीसीलाई ७५ बल बाँकी छँदै ५ विकेटले पराजित गरेको हो।  २०२ रनको लक्ष्य पच्छ्याएको नेपालले ३७.३ ओभरमै ५ विकेट  गुमाएर  लक्ष्य भेट्टाएको छ।

नेपालको लागि विनोद भण्डारीले अविजित ५२ रन बनाए।  पवन सर्राफले ३८ रन बनाए। यस्तै शरद भेषवकरले २४, दिपेन्द्र सिंह ऐरीले २३, आरिफ शेखले २३, कप्तान ज्ञानेन्द्र मल्लले १० र इशान पाण्डेले ४ रन बनाए।

मेरिलेबोन क्रिकेट क्लवका पछिल्लो क्रममा ब्याट्सम्यानलाई कसिलो बलिङले सस्तैमा आउट गरेपछि नेपालले एमसीसीलाई २०१ रनमै रोकेको थियो।

एमसीसीका बिली  गोडलेम्यानले ५२ रन बनाए।  अर्का ओपनर विली रोड्सले पनि ५४ रन बनाए। एमसीसीका लागि टम वेस्टलीले १०, विल वान्डर्सपारले ३६ रन बनाए।

नेपालका लागि ललित राजवंशी र पवन शर्राफले ४–४ विकेट लिए। करण केसी र अविनाश बोहोराले १–१ विकेट लिए।

प्रकाशित मिति : कार्तिक १८, २०७६ सोमबार  १ : ०२ बजे