काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बुले भदौ १ र २ गते आएको बाढिबाट पिडित बनेका थुलुङ दुधकोशी गाउँपालिका वडा ६ रन्देपुका स्थानियहरु र उपचारको क्रममा आर्थिक अभावमा परेको नेचा सल्यान-३ को एक परिवारलाई खार्थिक सहयोग गरेको छ ।
भक्तपुर ईन्टरनेशनल अस्पताल भक्तपुरमा उपचाररत बालिका पबित्रा राउतको उपचारका लागि एक लाख १५ हजार नगद हस्तान्तरण गरिएको नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रिय सदस्य बाबुराम आचार्यले जानकारी दिए।
आचार्यका अनुसार केहि दिनअघि घरको तल्लावाट लडेर टाउकोमा गम्भीर चोट लागेपछि त्यसको उपचार गराईरहेकी नेचा सल्यान-३ निवासी बालिका पबित्रा राउतको उपचारका लागि एक लाख १५ हजार नगद हस्तान्तरण गरिएको हो ।
उपचार बालिका पबित्रा राउतका बुवा शम्भु राउतलाई अस्पतालमै पुगेर सो सहयोग रकम हस्तान्तरण गरिएको आचार्यले जानकारी दिए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङगेलु शेर्पा, सोलुखुम्बु प्रदेशसभा ‘ख’नेपाली कांग्रेसका सभापति तथा टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा, नेविसंघका केन्द्रिय सदस्य बाबुराम आचार्य बाबुराम आचार्य,निराजन शर्मा,अशोक देवकोटा,ईन्द्र वास्तोला सहितको उपस्थितिमा सो सहयोग परिवारलाई हस्तान्तरण गरिएको आचार्यले बताए।
तेस्तै गत भदौ १ र २ गते आएको बाढिबाट पिडित बनेका थुलुङ दुधकोशी गाउँपालिका वडा ६ रन्देपुका स्थानियहरुलाई पनि नेपाली कांग्रेस सोलुखुम्बुले राहत रकम सहयोग गरेको छ ।
उक्त बाढिबाट प्रभावित थुलुङ दुधकोशी गाउँपालिका वडा ६ रन्देपुका स्थानिय ५७ परिवारलाई २ लाख ६८ हजार रुपैयाँ राहत वितरण गरिएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि नवीन थापाले बताए ।

महाधिवेशन प्रतिनिधि थापा र नेपाल तरुण दलका सचिव शेखर बस्नेतले सञ्चालन गरेको राहत अभियानमार्फत संकलन गरिएको २ लाख ६८ हजार रुपैयाँ बराबरको रकम नेपाली काङ्ग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङबु शेर्पाले बाढिबाट प्रभावित परिवारलाई हस्तान्तरण गरेको कांग्रेस प्रदेश क क्षेत्रीय उपसभापती फुर्तिमान तामाङले जानकारी दिए ।









