एमालेले राष्ट्रिय सभाका ८ उम्मेदवार टुंगो लगायो



काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि ८ जना उम्मेदवार टुंगो लगाएको छ ।

१८ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि एमालेले ८ जनाको नाम टुंगो लगाएको हो ।

एमालेले कोशी प्रदेशबाट रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशबाट रेखा झा, बागमतीबाट प्रेम दंगाल र गण्डकीबाट सम्झना देवकोट, लुम्बिनीबाट रामकुमारी झाँक्री, कर्णालीबाट मीना रखाल र सुदूरपश्चिमबाट लिला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

राष्ट्रिय सभाको निर्वाचनको लागि उम्मेदवारहरुले आजै उम्मेदवारी दर्ता गराउँदैछन् ।

प्रकाशित मिति : पुस २३, २०८२ बुधबार  १२ : १३ बजे