कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै



काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र १५ औँ महाधिवेशनको कार्यतालिकालाई लिएर आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन आयोजना गरेको छन् ।

आज दिउँसो १ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा यो सम्मेलन हुन लागेको हो।

सम्मेलनमा कार्यवाहक सभापति खड्कासहित पार्टीका अन्य केन्द्रीय नेताहरूको समेत उपस्थिति रहने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित मिति : पुस २५, २०८२ शुक्रबार  १० : ५९ बजे