काठमाडौं । नेपाली कांग्रेसको सहमतिका लागि अन्तिम प्रयास स्वरूप महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षलाई आठबुँदे प्रस्ताव पठाएका छन्।
वार्तामा यी विषयमा सहमति गर्न संस्थापनलाई सन्देश पठाइएको हो ।
यी हुन् महामन्त्रीद्वयले संस्थापन पक्षलाई पठाएको ८ बुँदे प्रस्ताव:
१. कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने
२. विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने
३. प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने
४. चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने
५. टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने
६. निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने
७. उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने
८. विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रुपमा ग्रहण गर्नुपर्ने









